दमकमा एकै परिवारका पाँच जनामा हात्तीपाइले
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti-paile_uPMVEJtKvA_eioa1jfbiatykwuvb0d5hmftrvz3gvfryassf3ukc5icf6g7muunfje6etja_DR5KGVAkuH_b802mj3acfhl12e9ipmotonuwu9x3r8ciyajhfup9xq7ojbkro9ngot8okct.jpg)
दमक । झापाको दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग फेला परेको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेजनको क्रममा नयाँ-नयाँ हात्ती पाइले रोगको सङ्क्रमण भएका बिरामीहरू फेला पर्न थालेका छन् ।
दमकको वडा नं. ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधी सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरू परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधी सेवन कार्यक्रमको क्रममा नयाँ-नयाँ बिरामीहरू फेला परिरहेका छन् । ‘‘औषधी सेवनलाई सामान्य रूपमा लिएर इन्कार गर्दा समस्या धेरै देखिएको छ,’’ भट्टराईले भन्नुभयो ।
दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने गरेको उहाँको भनाइ छ । यो पटक ९० प्रतिशत पुर्याउने लक्ष्य भएपनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताउनुभयो ।
समाजमा प्रतिष्ठित तथा बुज्रुकहरूले समेत औषधी सेवन गर्न नमान्ने गरेको उहाँले जनाउनुभयो । जानेबुझेका र पढेलेखेकाहरू नै औषधी सेवन नगर्नेमा बढी रहेका उहाँको भनाइ रहेको छ ।
बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_fb3WV1Fmh6_ti1mmwroh47u9arrqtc4jwnytaojumjwto3s4f1vrdex2b2rpi5jvvxxfjnc.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_HsamAFnbsy_slrks28fawlsw6gdovc9nlimc3ltkpny0mzj3mgvhf5fdtczma3to2vjbk0n.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_KeWOmyw6Sk_muhvx2j6u0zmjpv4c3f9t4i3gf8uw12fqb5zembl72wsk5lpiommlfsxemim.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_qHdeuGph7t_ldxp2lntwge1ryzzxketbrikkfjhml0mc1fy38ebbld6bqcstuegdyqaxfud.jpg)
प्रतिक्रिया