सर्लाहीमा आगलागीबाट १० महिनामा १६१ घर जले, करोडौंको क्षति
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aaglagi-_exeB5lyvRD_wtns6xeb8c9gzziffynrnqiroskrcpfknilcrj95zmexefipukkhy5buroz9_K2u9q3MfKU_9c24wjnhb1moyffgblkq5hgsrm7el0tkaadvzsrommdd7r14e0kcipsdmhz5.jpg)
सर्लाही । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ ।
जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएका र एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठजना महिला र पाँचजना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुईवटा घाइते भएको बताए । उनले खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका बताए ।
गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परविारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए । २० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन् । स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ ।
नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताउँछन् । ‘‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने करा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न बारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ’, उनले भने ।
स्थानीय सामाजिक अगुवा रजनिकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरूरी रहेको बताए । ‘विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ । त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ’, उनको सुझाव छ ।
![त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय](https://snowberry.prixacdn.net/media/gallery_folder/kailali-duba_xhihOklnKT_lhlle3zpcsxknrzlyyl2lrpmeat4vflz3oausfcj5xyykaaruwefjdbl3fva_WN1bg3rPH4_ip5uworgak4fqrvichhitake5fefcakn5emubwl22csdchtjgyzxtaqiij1h.jpg)
त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय
![कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार
![कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Duban-Ghar_R73u3bvQKs_yr9hlkscgh07dkrncm07bxqoivlp5ldsnycmkuukaok3vepgcu3ihwj25jx2_W9mXDgI9OH_bkbinmnbqtqjmk9wsvbixp11lgk2zqilvtjkgwpducdwcqinbsguj3ochzkd.jpg)
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
![विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय](https://snowberry.prixacdn.net/media/gallery_folder/madesh_Mx_06SHEXpMGw_veabjdqvgbzemtyemen9ug52bk3zobkvvlvuovx1zmbcpw7pei7vjr2fsjqj_gCXbyVuvrX_cbktmzmm5zqhyci3syttmvng21ns9efihzul7odjk01nfbz0k1pfkqikzxu8.jpg)
विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार ब…
![महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका
![पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/hat_cIXBuGTXZV_yiqytfnnluvvuzjv6e39zyuw8g8rljh734or5kkla7qv2fjasxqcxxueylzo_ZpL1fqdw9Y_crg0bmpelszzip24wxgmjpl7vtxelfyaa8zrkvlku7sbgqhs7rfn8r24kyzi.jpg)
पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ
![क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp_pcgWfvrqDX_cd28niyvepi3kh3kuo4mjxvj9cvbsivkfgya7ww5f9mmprbl30a5zhmrsfsy_cyH4UL7y7B_ivgd6vf7rsy1t2uvedc60et9xkjtjtbrzempchahasvjjhc6gxtquz3sh15q.jpeg)
क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ
![सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanusa_cRFmcmvxmu_hgyltzkatwzbf0qn1lyqrfkwdxgsom6bzpebdglg59c2173xkmjpw04676uf_mVEfB5zPAI_uwj7gsbj2cu554p50or1gdoeknq8ltziptnlm4ks0xxhwm8tiisxexlgqips.jpg)
प्रतिक्रिया