किन पिउने धनियाँको जुस ? स्वास्थ्यलाई फाइदा कि बेफाइदा ?

इटहरी । धनियाँ गाउँ–शहर सबैतिर सहजै रुपमा पाइनछ । धनियाँको पत्तामा औषधीय गुण प्रशस्त हुने गर्दछ । तरकारीमा मसलाको रुपमा मात्र नभएर यसको जुस सेवनले समेत स्वास्थ्यमा निकै फाइदा पुग्छ । धनियाँको पत्तामा पोटासियम, क्याल्सियम, भिटामिन सी, म्याग्नेसियम र एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ ।

यस्तो अवस्थामा यसको सेवनले कयौं समस्यामा राहत प्रदान गर्दछ । धनियाको पत्तालाई पानीमा ग्राइन्ड गरेर त्यसलाई छानेर त्यसमा कागतीको रस वा नुन मिलाएर पिउन सकिन्छ ।

के–के गर्छ फाइदा ?
–धनियाँको पत्ताको जुसको सेवनले कब्जियत र ग्यासजस्ता पाचनसम्बन्धी समस्यामा राहत प्रदान गर्दछ र स्वास्थ्य राम्रो बनाउँदछ ।
–धनियाँको पत्तामा धेरै पोषकतत्व हुने गर्दछ जसले प्रतिरक्षा प्रणाली विकास गर्दछ ।
–धनियाँको पत्ताको जुसको सेवन गर्नाले मेटाबोलिज्म बलियो बनाउँदछ र तौल घटाउन पनि मद्दत गर्दछ ।
–यसको सेवनले शरीरलाई हाइड्रेट गर्न मद्दत गर्दछ ।
–धनियाँको पत्तामा एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित