अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, ६० जना घाइते

एजेन्सी ।  ब्युनस आयर्समा शुक्रबार एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाएइको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्रयाकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो । रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गरायो ।

आपतकालीन अधिकारीहरूले दुर्घटनापछि ३० जनालाई अस्पताल लगिएको रिपोर्ट गरको बताएका छन् । यद्यपि त्यस सहरका स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो संख्या ५७ पुगेको अपडेट गरेका छन् । गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको आपतकालीन सेवा अधिकारी अल्बर्टो क्रिसेन्टीले बताए । उनले अन्य अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेको जानकारी गराए । समाचार तस्बिरहरूले रेलको डिब्बा एक छेउमा खोलिएको र रेलवे पुलको धातु रेलिङहरूमा झुकेको देखाएको छ । यो यात्रु वा मर्मत सम्भार ट्रेनको गाडी हो भन्ने स्पष्ट थिएन ।

प्रतिक्रिया

सम्बन्धित