इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

इटहरी । सुनसरीको इटहरी स्थित सेफर्ड चिल्ड्रेन एकेडेमीका विद्यार्थीहरूले शुक्रवार इटहरीको विभिन्न टोल पुगेर सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । 

आफ्नो गाउँ आफै सफा गराै भन्ने सकारात्मक सन्देश सहित बिद्यार्थिहरूले इटहरी उपमहानगर ४ को शिशिर टोल , रेड क्रस चोक, भेटघाट चोक लगायतका स्थानहरूमा बृहत् सरसफाइ गरेका हुन । करिब १ सयको सङ्ख्यामा रहेका बिद्यार्थिहरूले सरसफाइ कार्यक्रम गरेका हुन ।

बिद्यार्थिहरूलाई किताबको ज्ञान सँगै संस्कार सहितको शिक्षा प्रदान गर्दै पछिल्लो समय जलवायु परिवर्तनले पृथ्वीमा पारेको नकारात्मक प्रभावबारे जानकारी गराउँदै सरसफाइ कार्यक्रम आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताए । कार्यक्रममा सरसफाइमा  आबद्ध एकेडेमीका बिद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित