पूर्व माेडीयाे चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली , काेशी प्रदेशमा राती पानी पर्ने सम्भावना

इटहरी । अहिले (शनिबार दिउँसो) पश्चिम तराईमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भई त्यो पूर्वतर्फ फैलिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशस्थित तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको हो। 

सो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘अबका ती दिन देशभरको मौसम बदली र वर्षा हुने देखिन्छ। चट्याङ र हावाहुरीबाट क्षतिसमेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ।’ 

प्रतिक्रिया

सम्बन्धित