आर्थिक अभावले प्रदेश अस्पतालको सेवा प्रभावित हुँदैन :  मन्त्री शाही

काँक्रेविहार / कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवा प्रवाहका लागि बजेट अभाव हुननदिने बताएका छन् । 

आज प्रदेश अस्पतालको अनुगमन तथा निरीक्षण गर्दैै उनले प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पतालको सेवा प्रवाह बजेट अभावकै कारण प्रभावित हुननदिन सरकारले सहजीकरण गर्ने बताए । 

अहिले प्रदेश अस्पतालमा कर्णालीका मात्र नभई अन्य प्रदेशबाट सेवा लिनआउने नागरिकको सङ्ख्या बढ्दै गएको भन्दै उनले सेवालाई अझ प्रभावकारी र भरोसायोग्य बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए । 

“केही वर्ष पहिले कर्णालीका बिरामी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो तर अहिले बाहिरबाट कर्णालीमा उपचारका लागि आउने खबरसुन्दा निकै खुसी लागेको छ । अब लामो समयदेखि अवरूद्ध सिटी स्क्यान सेवा सञ्चालन र अन्य समग्र सेवा प्रवाहलाई उपलब्धिमूलक बनाउनका लागि मैलेसक्ने भूमिका निर्वाह गर्छु । यहाँहरू पनि दत्तचित्त भएर काममा लाग्नुहोला”, उनले भने । 
 

प्रतिक्रिया

सम्बन्धित