कतारबाट फर्केका धरानका लिम्बू विमानस्थलबाट सुनसहित समातिए

इटहरी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारबाट फर्केका एक युवा सुनसहित पक्राउ परेका छन् । सुनसरी धरान उपमहानरपालिका– ५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । ब्रासलेट १ थान, औठी १ थान र मोबाइल १ थानसहित पक्राउ परेका हुन् । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले यस कार्यालयबाट खटिएका टोलीले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार लिम्बू हाल काठमाडौँ महानगरपालिका ७ चावहिलमा बस्ने गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित