सुनसरीबाट लागूऔषधसहित दुई जना पक्राउ

इटहरी । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका ६ मा अ‍ैध लागूऔषधसहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका वडा नं. ६ ढलान रोडबाट मोटरसाइकलमा सवार दुई व्यक्तिलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएका प्रहरी अधिकृतको टोलीले मोटरसाइकलमा सवार दुई जनालाई अवैध लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले पक्राउ पर्नेमा नगरपालिका वडा नं. ४ का ४१ वर्षीय असीत कुमार राई र झापाको हल्दिवारी गाउँपालिका वडा नं. २ बेलगडिका २१ वर्षीय सेवानन्द राजवंशी रहेको जानकारी दिनुभयो । १५.२४ ग्राम खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा दिएको उहाँको भनाइ छ ।

दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित