कहिले रिलिज हुँदैछ सक्किगोनि टिमको फिल्म ‘लाज शरणम्’ ?

इटहरी । चर्चित हास्य टेलिकशृंखला सक्किगोनि टिमको फिल्म ‘लाज शरणम्’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दैँ रिलिज मिति घोषणा गरेको हो।यो फिल्म आगामी महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट प्रदर्शनमा आउनेछ। 

सोसल कमेडी जनरामा बन्ने फिल्मको यतिखेर कथा/पटकथा लेखन कार्य अन्तिम चरणमा छ। फिल्मको निर्देशक,कलाकारको जानकारी छिट्टै दिने समेत निर्माण टिमले जनाएको छ।

कुमारसहित अर्जुन घिमिरे (पाँडे) टिमबाट बन्ने फिल्मको छायाङ्कन छिट्टै सुरू हुने बताइएको छ। लामोसमयदेखि टेलिसिरिलल ‘सक्किगोनी’ दर्शकहरुमाझ लोकप्रिय छ। 

प्रतिक्रिया

सम्बन्धित