५ सयकाे १८ थान नक्कली नोट सहित टकुवबाट खातुन पक्राउ

रङगेली । मोरङको रङगेली नगरपालिका-९ स्थित दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिला लाई रंगेली प्रहरीले पक्राउ गरेकाे छ । 

प्रहरीले बिहिवार दिउँसो सुनवर्सी नगरपालिका-५ टकुवा बस्ने बर्ष ४० कि कुरेसा खातुनलाई पक्राउ गरेकाे हाे ।  प्रहरीले निजकाे साथबाट ५ सय दरका १८ थान नक्कली नाेट सहित पक्राउ गरेको जनाएकाे छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेली बाट खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गरेको जनाएकाे छ । 

उनलाई थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाइले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित