परशुराम जयन्तीमा प्रभात फेरी र सम्मान कार्यक्रम

इटहरी ।वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया एवम भगवान् विष्णुको छैटाै अवतार मानिने परशुराम जन्माेत्सवकाे अवसर पारेर इटहरीमा प्रभात फेरी सँगै विशिष्ट ब्याक्तीहरूलाइ सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । भगवान् परशुराम समाज सुनसरीले इटहरीमा सो कार्यक्रम गरेको हो । २ सय भन्दा बढीको सहभागितामा इटहरीको पूर्वराेड राधाकृष्ण मन्दिरबाट भजन कीर्तन सहित निस्किएको र्‍यालीले इटहरीको मुख्य चौक परिक्रमा गर्दै आइतबारे हुँदै दुर्गा पार्टी प्यालेसमा पुगेर टुङ्गिएको थियो ।

भगवान् परशुराम समाज सुनसरीका अध्यक्ष जयप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकांश वक्ताहरूले धर्मले समाजलाई जाेडदै सद्भाव कायम गर्ने बताए । देशमा भएका थुप्रै विकास निर्माणका कामहरू धार्मिक गतिविधि सँग जोडिएर भएको वक्ताहरूले दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि वृन्दावन गौशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले धर्मले समाजमा रहेका नकारात्मक तत्त्वहरूलाई नास गर्दै सकरात्मक उर्जा स्थापना गर्ने बताए । टाढा रहेको मान्छेहरूलाई धर्मलेनै जोडने बताउँदै विश्वमा शान्ति स्थापना पनि धर्मबाटै हुने दाबी गरे । उनले भगवान् पर्शुरामकाे जन्मोत्सवकै अवसर पारेर उनको उत्पत्ति , लक्ष्य र सिक्नुपर्ने कुराहरूको वर्णन गरेका थिए ।

 कार्यक्रममा भगवान् परशुराम समाजलाई स्थापना कालदेखि अहोरात्र खटी यहाँ सम्म ल्याउन विशेष याेग्दान पुर्‍याउने विशिष्ट ९ जना ब्याक्तीहरूलाइ दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का सचिव विनोद अग्रवाल , मारवाडी सेवा समाज धरानका अध्यक्ष पितरमल अग्रवाल , उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्लामा रहेका मधेसी ब्राम्हणहरूलाइ एकै थलोमा जोडेर आपसी भाइचराकाे सम्बन्ध बलियो बनाउन सुनसरीमा भगवान् परशुराम समाजको स्थापना भएको कार्यक्रम संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष महेन्द्र शर्माले बताए । समाज विभिन्न कार्यक्रमहरू साथै सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील संस्थाको रूपमा परिचित छ ।  

प्रतिक्रिया

सम्बन्धित