तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान , उपकप्तान

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका २० तरहरास्थित प्याराडाइज  ईङ्गलीस बोर्डिङ स्कुलले बिहीबार   विद्यार्थीहरूकाे सहभागितामा  डिजिटल मतदान मार्फत हाउस क्याप्टेन र हेड ब्वाई अनि हेड गर्ल चुनेका छन् ।

बिद्यार्थीहरूलाई किताबको ज्ञान सँगै प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै निर्वाचन प्रक्रिया बारे जानकारी सहित डिजिटल मतदान सम्पन्न गरिएको हो । 

राष्ट्रको पूर्ण सम्यन्त्र समेत कागजी मतदानमा निहित रहेको बेला विद्यार्थीहरूले डिजिटल विधिबाट मतदानमा भाग लिनु अाफैमा महत्वपूर्ण रहेकाे विद्यालयका प्रिन्सिपल कृष्ण नेपालले बताए ।

उक्त मतदान कार्यक्रममा १३६ भोट सहित कक्षा ९ मा अध्ययनरत छात्र सायस कट्वाल हेड ब्वाई र १२२ भोटका साथ सेलिम अधिकारी हेड गर्ल चुनिएका थिए। कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रा सहभागी उक्त मतदान प्रक्रियामा स्मार्ट बोर्डमा कसरी भोट हाल्ने भनेर मतदाता शिक्षा पनि दिईएको थियो।

प्रतिक्रिया

सम्बन्धित