इटहरीबाट खनार सहकारीका अध्यक्ष सहित चार जना पक्राउ

इटहरी ।सेवाग्राहिहरूकाे बचत रकम अपचलन गरी फरार रहेका इटहरी खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।   बचतकर्ताहरूको रकम हिनामिना गरी फरार भएका इटहरी ९ स्थित खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित चारजना सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरी फरार भएका संस्थाका अध्यक्ष इटहरी ४ निवासी सुदीप तामाङ, उपाध्यक्ष सरोज सिवाकोटी, इटहरी १३ बस्ने सदस्य गोविन्दकुमार श्रेष्ठ र सप्तरी घर भएका सस्थाका व्यवस्थापक धर्मेन्द्र दासलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

उनीहरूले संस्थामा जम्मा गरेको एक करोड ५० लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेर फरार भएको बचतकर्ताको दाबी छ ।पक्राउ परेकाहरूलाई सहकारी ठगी अन्तरगत सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित