रुसि सेनामा भर्ती भएका भोजपुर पौवादुङका प्रितम सैनिक हमलामा मारिए

इटहरी । रूसी सेनामा कार्यरत थप एक नेपालीकाे मृत्यु भएकाे छ । गत भदौमा मात्र रुसि सेनामा भर्ती भएका भोजपुरको पौवादुङमा ३ घर भएका प्रितम राईको सैनिक हमलामा परि मृत्यु भएको समाचार प्राप्त भएकाे छ ।

राईको मृत्यु भएको खबर गत शनिवार मात्र परिवारले थाहा पाएको थियो । राईको मृत्यु भएपछि अहिले सिङ्गो पौवादुङमा गाउनै शोकमा डुबेको स्थानीय प्रदीप राईले बताए ।

यद्यपी राइकाे मृत्युबारे नेपाली दुतावासले भने केहि खुलाएकाे छैन । राइकाे मृत्यु संगै रूसी सेनामा मृत्यु हुने नेपालीकाे संख्या १७ पुगेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित