जुम्लामा भीरबाट लडेर ७० वटा भेडा मरे

जुम्ला / जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरेका छन्। स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राति भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए।

मगे र सिउल दाजुभाइ हुन्। अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन्। ३१ भेडा बेपत्ता छन्। गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन्। 

पीडित भेडा रावत दाजुभाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित