भोजपुर दुर्घटनाका घाइतेहरूलाई उपचार गर्न खर्च अभाव : पीडितद्वारा सहयोगको अपिल

इटहरी । गत वैशाख १७ मा भोजपुरको आम चोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा दुर्घटना हुँदा घाइते भएकाहरू मध्ये गम्भीर अवस्थामा रहेका प्रकाश राईले उपचारमा सहयोग पुर्‍याइदिन याचना गरेका छन् ।

धरानस्थित बिपी प्रतिष्ठानको आइसियुमा उपचारार्थ राईको हाल सम्म २५ लाख खर्च भइसकेको पारिवारिक सदस्यहरूले बताएका छन् । दुर्घटनाग्रस्त जिपका चालक समेत रहेका राई विगत ८ दिन देखि आइसियुमा उपचारार्थ रहेका छन् ।

दुर्घटनाबाट गम्भीर बनेका राईको स्वास्थ्य अवस्था खतरामुक्त रहे पनि उपचार गर्न थप रकम नहुँदा सहयोगको याचना गरेका हुन । घाइते राई जिपका मालिक र चालक दुवै हुन । कारणवश कुनै सवारीसाधन दुर्घटना भएर मानवीय क्षति भए सम्पूर्ण घटनाको जिम्मा गाडी चालक स्वयमले लिनुपर्ने कानुनी प्रावधान रहेको छ । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

मृतकको परिवारलाई क्षतिपूर्ति स्वरूप जनही रु ५ लाख र घाइतेहरू सबैको उपचार खर्च पनि स्वयम राई कै परिवारले बेहोर्दै आएका छन् ।  मृतकको परिवारलाई जनही ५ लाखका दरले क्षतिपूर्ति दिँदा र घाइतेहरू सबैर्काे उपचार गराउँदा गराउँदै भएको सबै सम्पत्ति सकिएको र उपचारकालागि सहयोगको याचना गरिएको राइकी श्रीमती सरस्वती राईले बताइन ।

अब उपचार गर्ने खर्च केही छैन सबै दाताहरूकै भर परेको छुम पीडित राईले भनिन । भोजपुरबाट आफन्तहरूले चन्दा सङ्कलन गरेर यहाँ बिरामीहरूको उपचार गराइरहेको राई बताउँछिन् । दुर्घटनामा आफ्नै श्रीमान पनि गम्भीर अवस्थामा रहेका छन् ।

उनको उपचार गर्दा गर्दै भएको घर जग्गा ,गरगहना सबै सकिएको राई बताउँछिन् । उपचार खर्च अभावमा बिरामीको ज्यान जान सक्ने दुखेसो सहित राईले देश विदेशमा रहेका नेपालीहरू सँग पनि सहयोगको याचना गरेकी छिन । उनले सहयोगी हातहरूकालागि सिद्धार्थ बैङ्कको खाता नं 02615211507 मा सहयोग गरिदिन अनुरोध गरेकी छिन । 

 भोजपुरको आम चोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप गत वैशाख १७ गते सोमबार पारखुवामा पार्किङ गर्न खोज्दा   दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनाको मृत्यु भइसकेको छ भने १२ जना घाइते भएका थिए । को २ ज २६१७ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।  जीपमा छ महिनाको बच्चासहित जम्मा १४ यात्रु सवार थिए । दुर्घटनामा घाइेत राई जस्तै १२ जनाको सोही अस्पतालमा उपचार जारी छ ।  

प्रतिक्रिया

सम्बन्धित