हर्क साम्पाङकाे खास मानिने पूर्व ब्रिटिश आर्मी याेगेस राई ३४ लाख ठगी काण्डमा समातिए

इटहरी ।   वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले बेलायती सेनाका रिटायर्ड मेजर योगेश राईलाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ । 

धरानका मेयर हर्क साम्पाङकाे निटक मानिने याेगेस राइले सर्वसाधरणहरूलाइ बेलायती सेनामा भर्ति गराउने भन्दै अवैध रूपमा लाखाै ठगि गरेकाे उजुरी परेपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका योगेश राईले वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको प्रहरी भनाइ छ । 

प्रवक्ता अधिकारीका अनुसार ‘रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।’

पक्राउ परेका निज राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।  

प्रतिक्रिया

सम्बन्धित