बेलबारीकी सरस्वती धिमालले नाचेर बनाईन विश्व रेकर्ड

बेलबारी । मोरङको बेलबारी–१० माटिगाँउ निवासी सरस्वती धिमालले गिनिज बुक अफ वल्ड रेर्कडमा आफ्नो नाम दर्ता गराएकी छिन् । उनले ५,२७८ मि अर्थात १७,३१६ फिट माथी नृत्य कोरीयोग्राफी गरी गिनिज बुक अफ वल्ड रेर्कड राख्न सफल भएकी हुन् । बुवा राजु धिमाल र आमा गंगा माया धिमालको कोखबाट बेलबारीको माटिगाउँमा जन्मिएकी सरस्वती विगत एक दशक देखि नृत्य विद्यामा छिन ।

कर्मथलो काठमाण्डौको गोकर्णमा रहेकी उनले विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम समेत भएकी छिन् । उनी नेपालकै ठूलो डान्सिङ रियलिटि शो डान्सिङ स्टार नेपालको च्यामपियन समेत भएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित