विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pn_Cz2pmqJevK_wmqxo66lld9r9wgk5uwejrspstyo9h5guv1ffsumizwew2ppwaohmwja7jch_qa6Iaob7LV_dpvqmbubqdcbxrbwkdffg5aatjxbfen2vbh8o1dfgh1owu7gmiqph2xdnl9u.jpg)
बारा । बाराको निजगढ नगरपालिका-१० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन स्थानीयले तालाबन्दी गरेका छन्।
करिव एकहप्ताबाट विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा तालाबन्दी गरिएको छ। स्थानीयका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित निजगढ नगरपालिका वडा नम्बर १० का वडा सदस्य कुमार बहादुर मुक्तान, कांग्रेस १० का सभापति हिरा बहादुर मोक्तान, नेपाल राष्ट्रिय आधारभुत विद्यालय १० का अध्यक्ष सिद्धार्थ लोप्चनलगाएतले लालबाट करिब १५ मिनेटको दुरीमा रहेको निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने भन्दै ताला बन्दी गरेको हुन्।
यता निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीले समेत आफ्नो सरुवा गराउन स्थानीय नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेतालाई आग्रह गरेका थिए।
विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले विद्यालयको व्यवस्थापनमा अध्यक्ष बाहेका अन्य ४ जना सदस्यको चयन भइसकेकाले आफुनिकट शिक्षकलाई विद्यालयमा ल्याउन उनीहरु लागी परेका हुन्। सोही अनुसार उनीहरूले प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दी गरेका थिए। जस कारण करिव एक हप्ता विद्यालयमा अध्ययनरत ४ सय ५० भन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको थियो। तर, सोमबारबाट भने विद्यालय सञ्चलन भएता पनि तालाबन्दी भने कायमै रहेको छ।
विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गरेका शिक्षकहरूलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ। अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भए पनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन।
निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउन दुवै विद्यालय व्यवस्थापन समितिको सहमति चाहिन्छ तर उधिकारीले वडा नम्बर १३ बाटमात्रै सहमति प्राप्त गरेका छन्। उनले हाजिर गर्न चाहेको विद्यालयबाट भने कुनै सहमति लिएका छैनन तर पनि अधिकारी कुनैपनि हालतमा राजनीतिकको प्रयोग गरेर त्यहाँ आउन चहान्छन्।
यता निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उत्तिर्ण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए।
यस्तै नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो। शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको नगर शिक्षा प्रमुख उत्तम लामिछानेले जानकारी दिए।
यता बिद्यालयका अभिभावकले समेत केही व्यक्तिका कारण बिद्यालयमा अध्ययनरत ४ सय ५० भन्दा बढी विद्यार्थीको भविष्यमा खोलवाड भएको बताएका छन्। घरै नजिकैको अर्को विद्यालयको प्रधानाध्यापक जस्तो व्यक्तिले पछिल्लो समयमा राजनीतिको प्रयोग गरेर देखाएको अस्वाभाविक गतिबिधिले गर्दा उदयराज अधिकारी लाल १० मा सरुवा भएर आएपछि विद्यालयमा झनै झैंझगडा कार्यमै रहने भन्दै उदयराज अधिकारीको सरुवा सदर गरेर निजगढ १० लालको बिद्यालयमा हिजिर गरेमा अन्दोलन गर्ने चेतावनी विद्यालयका अभिभावकले समेत दिदै आएका छन्।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_647UzcEOQo_zazy5wfpvjfdsa4vuayqasw6pf9ybaqjc2uonc6ow559kjbxgsmsm9o1sx0k.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_NXh0VuYyp3_hiv2ipy7ifqlpb9yttkh7pybmdxjxa9bdd0zv5uxpeczcaa642pkybexq0in.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_74tSt2llv9_1bod62ovbit9eeho47vf5pztmh2wfvj8xcdro8nmwbixnrm3h2w0degiw10d.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_EtZ6BgJpUp_k4uibsblxlztkujzdkuxmur0t534x0raam13pztjlsvh9dscozlwzizotdce.jpg)
प्रतिक्रिया