एरिना टिभिकाे फेसबुक पेज ह्याक भएपछि...

इटहरी । इटहरीबाट प्रसारित एरिना टेलिभिजनको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । टिभीका सञ्चालक समीर कार्कीका अनुसार गत १५ दिन अघि पेज ह्याक भएको जानकारी दिए ।

टेलिभिजनको आधिकारिक पेजमा अश्लील सामग्रीहरू पोस्ट हुन थालेपछि सञ्चालक कार्कीले पेज ह्याक भएको जानकारी दिएका हुन ।

झन्डै १ लाख लाइक र १ लाख ६३ हजार फलाेअर भएको एरिना टिभिकाे पेज ह्याकरले ह्याक गरेको हो । पेज ह्याक भएपछि टिभी सञ्चालक कार्की प्रहरी कहाँ उजुरी दिने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित