मेचीकाे खाेला बगरमा फले तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा , किसानलाई मनग्य आम्दानी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kharbujaa_Butptli11g_amef1osbfktak5wtptfpvdqc1rzsrqkuktjor5se57ertdahnsh5faajve99_2IOVKrgvJU_wmj4j6wn9nddlbbmlwgislua3s0eplqc20us1t5eq74mjaifd7v3gl8ekvcs.jpg)
झापा । मेचीनगर-१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाउनु भएको छ । “धमाधम बजारमा पु्याइरहेका छौँ,” खनालले भन्नुभयो, “पहिलो पटक खेती गरेका हाँैं, राम्रो उत्पादन भयो ।”
कृषिमा लागिरहनु भएका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गर्नुभएको हो । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उहाँहरुले सुरु गरेको बगर खेतीमा तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ ।
चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् । व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् ।
खरबुजा बेचेर रु ८० लाखदेखि ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य फार्म सञ्चालक खनालको छ । दैनिक चारदेखि आठ टनसम्म खरबुजा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भारतबाट सस्तो र कमसल खरबुजा भित्रिएका कारण बजारमा चुनौती थपिएको बताउनुभयो । खरबुजामा नेपाल आत्मनिर्भर भएको दाबी गर्दै उहाँले भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नुपर्ने माग गर्नुभयो ।
कनकाई-५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिघा जग्गा भाडामा लिएर खरबुजा खेती गर्नुभएको छ । उहाँले बगरखेतीमा खरबुजा लगाएको १५ वर्ष भइसकेको छ । “गाडीमा डुलाएर बेच्ने व्यापारीले खरबुजा लैजाने गरेका छन्,” मण्डलले भन्नुभयो, “तीन बिघामा खरबुजा लगाउन रु १२ लाख लगानी गरेको छु ।” खरबुजा बेच्न आफैले उर्लाबारीसम्म गाडी पठाउने गरेको उहाँले बताउनुभयो ।
फुलुले खरबुजाबाट आम्दानी गरेको देखेर धीरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डललेसमेत कनकाईमा खरबुजाको बगरखेती लगाउनुभएको छ । बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ । मेचीनगर-९ का डिल्ली उप्रेतीले एक दशकअघि व्यावसायिक खरबुजा खेतीको प्रवद्र्धन गर्नुभएको थियो । विर्तामोडको बट्टाबारीमा उहाँको खरबुजा खेती छ । उहाँले खेतमा खरबुजा फलाउन सकिन्छ भनेर प्रमाणित गरेपछि धेरैले खरबुजा खेतीमा लगानी बढाएका हुन् ।
त्यसअघि भद्रपुरको मेची बगरमा नेपाली र भारतीय किसानले यसको खेती गर्थे । नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुन्थ्यो । अहिले भारतबाट आयात नगरे पनि स्थानीय खरबुजाले बजारको माग धान्नसक्ने अवस्था भइसकेको व्यावसायिक किसान हरि नेपाल बताउनुहुन्छ ।
“स्वाद र गुणस्तरका हिसाबले हेर्ने हो भने नेपाली उत्पादन अर्गानिक हुन्छ,” उहाँले भन्नुभयो, “भारतबाट आउने खरबुजा सस्तो र कमसल हुन्छ ।” भारतमा सरकारले कृषिका लागि बीउ, मल र सिँचाइमा प्रशस्त अनुदान दिने भएकाले लागत कम परेका कारण सस्तो भएको हो ।
बजारमा खरबुजाको प्रति केजी मूल्य रु ४५ देखि ६० सम्म छ । भाटभटेनी र सुपर मार्केटको बिक्री स्टलमा पनि स्थानीय खरबुजा पाइन थालेको छ ।मेची बगरमा फलेको खरबुजा काठमाडौँका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनालले बताउनुभयो । झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् ।
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_rqX8JNd6Yb_2kewhzuzjohewvjha7iwtn5ttiue7sc3vxiz8mc0gpbis4mfqajzk3iybjqr.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_E7pNZgKmrG_jzfooec5i2bdaensln8hynih4jq4cndruox1s5f2azb6ix4fie9apxzu4e9w.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_hSmGP71L61_ieatyssgiux1msxpgkozgimbzfiaeynkegzlynxfzkbs3glbmfcdm7fbnp68.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_HIThAQ7R1T_p3qmsyqtcgergmhnhdbuswbhmnr0lcua5aerqhmcuifysi6pq2lg0bh6kv98.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_ZAhVD1rThU_dhjxcb5kqyuw0yheanxkrjzdqvmgqi3qwxn02fcpcnotsqeh1kughbtuvpwo.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_CHOUpjnC69_zxhxqvfcwyk8yqaf419sknkdlxlsqeu1r49pn6bky70yerevulf8lqgifpbz.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_boK3Mjjuu4_xpdso0ottxlirjaw40spsvwidwlmuo46oeilpk7ppkor2h0njcgq4iqmebaq.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
प्रतिक्रिया