सुष्मा स्कुलमा बिद्यार्थीहरूलाई निर्वाचन अभ्यास , निर्वाचन प्रक्रियाबाटै कप्तान तथा उपकप्तानमा छनौट

इटहरी । सुनसरीको इटहरीस्थित सुष्मा सेकेन्डरी स्कुलका विद्यार्थीहरूले स्कुलकालागि कप्तान , उपकप्तान ,  हेड बाेइ , हेड गर्ल , हाउस बाेइज , हाउस गर्ल लगायतका १६ जना उम्मेद्वार छान्न निर्वाचन पद्धति अपनाएका छन् ।

बिद्यार्थीहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक ज्ञान दिलाउन निर्वाचन प्रक्रिया बारे जानकारी गराउँदै छोटो अभ्यास मार्फत स्कुलमा आवश्यक मनिटरको छनौट गरिएको हो । कक्षा ५ देखि १० सम्म करिब ३५० बिद्यार्थिहरूले निर्वाचन मार्फत आफूलाई मन पर्ने मनिटर तथा स्कुल हेडबाेइ र हेड गर्ल छनौट गरेका हुन ।

निर्वाचन हुँदा के कस्ता सामग्रीहरू प्रयोग गर्छन् उनीहरूको विधि र कार्य विवरण सहित अभ्यास स्वरूप यो कार्यक्रम गरिएको सुस्मा सेकेन्डरी स्कुलका भाइस प्रिन्सिपल फडिन्द्र गडताैलाले बताए । निर्वाचनमा जे हुन्छन् त्यस्तै यहापनि बिद्यार्थिहरूलाइ अभ्यास गराइएको भाइस प्रिन्सिपल गडताैलाले बताए ।

स्कुलमा आवश्यक १६ जना कप्तान तथा उपकप्तानकालागि १०० जनाको उम्मेदवारी परेको र बिद्यार्थिहरूले तीमध्येबाट १६ जनालाई छनौट गर्ने सामाजिक शिक्षाका शिक्षक राहुल रायले बताए । किताबमा पढ्दै आएका निर्वाचनबारे प्रत्यक्ष जानकारी गराउन र अभ्यास स्वरूप नेतृत्व छनौट गर्न यो कार्यक्रम गरिएको शिक्षक रायले बताए । निर्वाचनमा सकुलका बिद्यार्थिहरूकाे स्वतफुर्त उपस्थिति रहेको थियो । 

निर्वाचन सकिएपछि  उम्मेद्वार सबैकाे उपस्थितीमा मतगणना सुरू गरिने स्कुलले जनाएकाे छ । स्कुलकालागि कप्तान तथा उपकप्तान छनाैट गर्न निर्वाचन समिती नै गठन गरेर प्रकृिया अनुसार निर्वाचन गराइएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित