इटहरी खानेपानीमा एमालेका यामकुमार सुब्बाकाे प्यानलै बिजयी

इटहरी । इटहरी खानेपानी उपभाेक्ता संस्थाकाे अध्यक्षमा एमालेका यामकुमार सुब्बा निर्वाचित भएका छन । हालै सम्पन्न निर्वाचनमा एमालेका सुब्बाले १२५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दि गठबन्धन प्यानलबाट उठेका ठमनाथ लम्सालले ४७ मत मात्र ल्याए । निर्वाचनमा एमालेका शुब्बा सहित प्यानलै बिजयी भएकाे हाे ।

त्यस्तै उपाध्यक्षमा एमालेकै प्रेम बस्नेतले १२२ मत ल्याउदा प्रतिद्वन्दि रमेश अधिकारीले ४८ मत ल्याएका थिए । त्यस्तै महासचिवमा शालिग्राम ढकाल ,सचिवमा लोकनाथ भट्टराई​​​​​​​,कोषाध्यक्षमा गङ्गा प्रसाद दाहाल निर्वाचित भए ।

इटहरी खानेपानी अन्तरगत गत चैत्र २४ गते वडा प्रतिनिधीकाे निर्वाचन भएकाे थियाे । निर्वाचनबाट १८३ जना वडा प्रतिनिधि निर्वाचित भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित