झापामा परीक्षा दिएर फर्किंदै गरेकी किशोरीमाथि गोली प्रहार

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किंदै गरेकी किशोरीमाथि गोली प्रहार भएको छ।शुक्रबार साढे १२ बजेतिर दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडी उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको हो। 

गोली प्रहारबाट उनी गम्भीर घाइते भएको र उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए। 

एनिका दमक नगरपालिका ५ का कमल बुढाथोकीको घरमा डेरा बस्थिन्। दमक २ को हिमालय माध्यामिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्किंदै गर्दा उनीमाथि गोली प्रहार भएको डीएसपी चन्दले बताए।

स्थानीयले घाइते अवस्थामा फेला पारेपछि उनलाई तत्काल अस्पताल लगेका थिए। उनको नाइटोमाथि पेटमा डढेको, दबेको र ददारिएको जस्तो चोट देखिएको चिकित्सकले प्रहरीलाई बताएका छन्।

अहिले उनलाई आईसीयूमा राखेर उपचार गराइरहेको र अवस्था बोल्न सक्ने रहेको पनि डीएसपी चन्दले बताए। उनको कपडामा गोली फेला परेको छ। गोलि कसले प्रहार गर्यो भन्ने खुलिसकेको छैन। घटनामा संलग्नको खोजि भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित