जङ्गलमा लागेको डढेलो तुवालाे बनेर सहर पस्यो , ज्येष्ठ नागरिकलाई घर बाहिर ननिस्कन सुझाव

इटहरी , सुन्दरहरैंचा , विराटनगर सहरलाई पनि तुवालाेले ढाक्यो

इटहरी । काेशी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार बिहानै देखि तुवालाे फैलिएर जनजीवन प्रभावित बनाएको छ । प्रदेशका ९ वटा जिल्लामा डढेलो र निसासिएको धुवा तुवालाे बनेर जिल्लाहरूमा फैलिँदा जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ ।

तुवालाेका कारण बाहिर निस्कँदा आँखा पाेल्ने श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्या देखिएका हुन । अहिले सुनसरी , मोरङ ,झापा , इलाम , उदयपुर , धनकुटा ,तेह्रथुम ,भोजपुर लगायतका जिल्लाहरूमा अवस्थित जङ्गल क्षेत्रमा फैलिएको डढेलोका कारण उत्पन्न धुवा तुवालाे बनेर बाहिर निस्किदा सुनसरी , मोरङ , झापा जिल्लाका जनजीवन प्रभावित बनेको हो । यस्तो अवस्थामा घरबाट बाहिर ननिस्कन चिकित्सक र वातावरण विज्ञहरूले सुझाव दिएका छन् । निस्कनै परे

आँखामा चस्मा , मुखमा मास्क र लामो बाउला भएको कपडा लगाएर निस्कन वातावरण विज्ञ तथा चिकित्सकले सुझाव दिएका छन् । विशेष गरी ज्येष्ठ नागरिकहरूलाई घरबाट ननिस्कन सुझाव दिइएको छ । अझ प्रेसर र दम साथै मुटु राेगीहरूकालागि यो तुवालाे प्राणघातक बन्न सक्ने चिकित्सकहरूले सुझाव दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित