बर्दिवासको खानेपानी संस्थानका अध्यक्षमाथि अनियमितताको आरोपमा पदाधिकारी कै उजुरी !

महोत्तरी / महोत्तरीको बर्दिवासमा रहेको खानेपानी संस्थानमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन  ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा अध्यक्ष भुलन सेनवाट  अनियमितता भएको आरोपसहित  उपभोक्ताहरुवाट निर्वाचित सचिव र कोषाध्यक्षले मंगलवार  इलाका प्रशासन कार्यालय बर्दिवासमा उजुरी दिएका हुन ।

स्वार्थसिद्धको लागि विधानविपरित काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पुर्‍याएको जिकिर गर्दै कोषाध्यक्ष भोज प्रसाद फुयाल र सचीव उदय भण्डारीले छुट्टाछुट्टै उजुरी दर्ता गराएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

 कोषाध्यक्ष फुयालको हस्ताक्षर हटाएर ३ महिनादेखी उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनिहरुले वताएका छन ।

आन्तरिकरुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई सच्याउन बिशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुयालले दावी गरे । यो बिषयलाई पुष्टि गर्नेगरी सामाजिक संजालमा साधारणसभा गरिएको माइन्युट र निर्णयहरु समेत सार्वजनिक भएका छन ।

अहिले नगर क्षेत्रमा यँहि बिषय नै पेचिलो बन्दै गएको छ । एकै परिवारको ७ जनासम्म उपस्थित गराएर बिशेष साधारणसभावाट अध्यक्ष अनुकुल हुनेगरी बिधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ । सभाको नाममा हस्ताक्षर किर्ते गरी संस्थानलाई कमाई खाने ठाँउ वनाएको र खानेपानी जस्तो संवेदशील विषयमा अध्यक्ष सेनले कुठाराघात गरिरहेको कोषाध्यक्ष फुयालले वताए ।

३ महिनादेखि आफ्नो हस्ताक्षरविना खानेपानीमा जम्मा भएको जनताको पैसामा रमाईलो गरेको प्रमाण समेत सुरक्षित रहेको वताउदै यो अवधिमा भएको सम्पूर्ण कारोवार पनि अवैध भएको उनको भनाइ छ ।

सचिव उदय भण्डारीले पनि संस्थानको मनोमानिप्रती आपत्ति जनाएका छन । अध्यक्ष सेनले बहुमतको वलमा आफुलाई थाहा नदिई वैठक राख्ने र अनुचित निर्णय गर्ने गरेको सचिव भण्डारीले वताए ।

बहुसंख्यक मानिसहरुको आशाको धरोहर रहेको खानेपानी संस्थानमा निर्वाचित पदाधिकारीहरुवाट नै  बेथितिहरु  सार्वजनिक भएपछी नगर क्षेत्रका उपभोक्ताहरुले

चासो र चिन्ताको ब्यक्त गरेका छन  । नगर क्षेत्रका कंयौ स्थानीयहरुले सामाजिक संजालवाट नै खवरदारी गर्न सुरु गरेका छन ।स्थानीय रिमनाथ अधिकारीले फेसवुकमा लेख्छन – 'हिजोको दिनमा गलत तवरले चलेको छ भन्ने सुन्नमा मात्र आएको थियो तर आज प्रमाणित भएको छ । जनता जनार्दन हुन, जनताको मतको दुरुपयोग गर्ने जोकोही सजायको भागिदार हुन्छन । सार्वजनिक सम्पतीमाथी जथाभावी गर्नेहरुले तुरुन्तै राजीनामा दिनु पर्छ ।'

कोषाध्यक्ष र सचिवको अध्यक्षसँगको दुरी  प्रतिस्पर्धा विना आफ्नै नाता पर्ने महिला कर्मचारी राखेको भन्दै वढेको थियो । 'कर्मचारी राख्न प्रतिस्पर्धा गराउनुपर्ने ठाँउमा गुपचुप नातेदार भर्ना गरेको बिषयमा विवाद भयो त्यहि कारण हामीलाई हटाएका हुन ।' सचिव भण्डारीले भने ।

अध्यक्ष भुलन सेन भन्छन : मैले गलत गरेको छैन

अध्यक्ष भुलन सेनले भने खानेपानी संस्थानमाथी लागेका आरोपहरु निराधार भएको वताएका छन ।

जनताको भावना र आवस्यकताअनुरुप काम गरेको वताउदै त्यसभन्दा बाहिर कुनै गलत नगरेको अध्यक्ष सेनको भनाई छ । अफवाह फैलाउनेगरी केहि व्यक्तिहरु लागेको वताउदै त्यसको पछाडी नलाग्न अध्यक्ष सेनले आग्रह गरे ।

'म कतै गलत छैन कार्यालयमा नै आएर बुझ्दा हुन्छ ।' उन्ले भने । 'अव अरुले के गर्छन त्यो मलाई मतलव छैन तर जिम्मेवारीमा प्रतिवद्ध छु ।'

दिर्घकालिन खानेपानी योजना अगाडी बढाएर बढिरहेको र आम उपभोक्ताहरुलाई प्रतिवद्धता जनाएअनुसार नै काम गरिरहेको अध्यक्ष सेनको भनाई छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित