झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

झापा / झापा जिल्लाको मेचीनगर नगरपालिका- ७ गौरिगाउँ र सालघारीस्थित मकैवारीबाट बैशाख १८ गते करीव ३८ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको  छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बरामद गरेको हो ।

बरामद लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित