इलाममा सडकमा गुडिरहेकाे भ्यान भिरबाट खस्याे ,एककाे मृत्यु

इलाम । इलाममा भिरबाट भ्यान खस्दा एक युवकको मृत्यु भएको छ। मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–४ को बाघखोरमा बुधबार बिहान दुर्घटना भएको अवस्थामा भ्यान फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।घटनास्थलमा करिब २५ वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगूले जानकारी दिए। 

युवक भ्यनका चालक हुन् कि यात्रु हुन् खुलेको छैन। भ्यानमा कति सवार थिए भन्ने पनि नखुलेको उनले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित