डिजेल-मट्टितेलको मूल्य घट्यो,ग्यासकाे यथावत

इटहरी ।  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि  डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ।त्यस्तै, हवाइ इन्धनको मूल्य वृद्धि भएको छ।

प्रतिक्रिया

सम्बन्धित