एमालेको विजय जुलुसमा सहभागी भएर फर्किएकाे पिकअप इलाममा दुर्घटना : १५ जना घाइते

इटहरी । इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र सभामा सहभागी भएर फर्किँदै गरेका यात्रु बोकेको पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको इलामस्थित नेकपा एमालेनिकट युवा संघ नेता दिनेश ढकालले बताएका छन् ।

इलाम बजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङ सहभागी विजयसभाका सहभागी बोकेको पिकअप भ्यान इलाम नगरपालिका-५, बिब्ल्याटे बजारनिकजै इक्सा होटलनजिकै दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित