ओलीको अँगालोमा बेरिए सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।  

प्रतिक्रिया

सम्बन्धित