परमेश्वरकाे मण्डलीद्वारा उदयपुरकाे गाइघाटमा रक्तदान : ६२ प्रिन्ट रगत संकलन

इटहरी । उदयपुरकाे गाइघाटमा परमेस्वोरको मण्डलीद्वारा आपतकालिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोशी प्रदेशका अस्पतालहरूमा रगत अभाव भएको गुनासोलाइ मध्यनजर गर्दै मन्डलीले साेमबार रक्तदान गरेको हो ।

रक्तदानबाट ६२ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी त्रीयुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेतले  अस्पतालहरूमा  रगत अभाव चर्किरहेकाे बेला यसरी रक्तदान गरिनुले बिरामीहरूले नयाँ जिवन पाउनुका साथै समाजकालागि पनि उदहारणीय काम भएकाे बताए । 

आजको दिन निस्तार चाडको प्रेम,  अन्तरगत १,३६१ औ विश्वव्यापी रक्तदान अभियान अन्तरगत उदयपुरकाे गाइघाटमा पनि रक्तदान आयोजना गरिएको कार्यक्रम सभापती तथा परमेस्वोरको मण्डली अन्तरगत कोशी प्रदेश संगठन प्रमुख सुमन तामाङले बताए । उक्त कार्यक्रममा मण्डली भित्रैका १ सय १० जना भन्दा बढी सदस्यहरू उपस्थिती रहेकाे थियाे । 

विश्वव्यापी रक्तदान अभियान अन्तरगत मण्डलीले झापाको दमकमा बुधबार रक्तदान गरी १६५ प्रिन्ट रगत संकलन गरेको थियो । निस्तार चाडको प्रेम, जिवन बचाउने उद्येश्य सहित १,३६१ औ विश्वव्यापी रक्तदान कार्यक्रम अन्तरगत इटहरीमा पनि रक्तदान गरिसकेकाे जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित