कर्णाली सरकारले आज पूर्णता पाउदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Yamlal_2.jpg_DY6qQYiHMB_9vynxo3wvysvwcmobfu13vy3kuajicndbl4spzwtcdq0skutktuq35waldki_4Dk35dniYK_edoqn2pgnujqc828k8iiu5531esxzf9pbkl7sqsjamimlqfoqqrzprzt920a.jpg)
कर्णाली / कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् ।
उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए ।
उनले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ ।
नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्रले जनाएको छ ।
मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए ।
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_e0PMpAtYDY_xs1qxslhzuhwkndkecyvhczwbpt6gvmh4ujvr2asvdhn2zri66dwe0mhi0aa.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_mgP63VoVnL_fctwhjm7etgxuykbdzc3ura5eu9ivikinstfxl6wdxhzyqqemksozn4rcvew.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_V5tkdPN6tZ_df3eennj5bzryyaudgseqheforiqufjw6zxiep7oh6u9aeapyyqyhhu7g2xb.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_SUvTbuFEhT_wjnbzaxwhl2y9jsftjwowuwx3wvlwyxjfoevb9ehyuydutbdido74trlt0sg.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_qmcdapbOxu_6vsqmcs1fcapo8y32tnmo2kf9egvbkdpyzujhs3vwehbcxbjxpk5z4xhfnox.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_xiHT1YwwSz_xogqurhkhuutlozejr8ktlbg7qinlbt7kwxjztfm2wrwezclkil79hcen7vw.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_kp27q9g2M9_ws5g5yj9ncpurw5caioysj3lczjmhbhk5jyrrgfpyqzjybxluuavisau0jgg.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_JoeGFSFwGI_qf1za3zxqhmuyhskpenmfcadbfaw04t1p7l9icdopzhrfz16kkabila1l5qm.jpg)
प्रतिक्रिया