सुहाङको विजय र्‍यालीमा सहभागी हुन अध्यक्ष ओली इलाम जाँदै

इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) इलाम जाने भएका छन् । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुन ओली इलाम जाने भएका हुन् । ओली आज दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ ।

पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी भएका थिए । आज बिहान सकिएको मत गणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन् ।

यसैबीच ओलीले सुहाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष ओलीले खुशी हुँदै इलामेली मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित