इलाम अपडेट : अब १२ वडाकाे २३ हजार मत गणना बाँकी, एमालेका सुहाङ बिजयी नजिक

इटहरी  । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयोन्मुख भएका छन् । ६९ हजार २ सय मत खसेकोमा सोमबार बेलुका ८ बजेसम्म साढे ४६ हजार मतगणना भइसकेको छ । अब करिब २३ हजार मत गन्न बाँकी छ । तर, सुहाङको अग्रता ६,४६३ मतको छ ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १९ हजार ११४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले १२ हजार ६७५ मत पाएका छन् । निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ३,२४२ मत पाएका छन् । अब इलाममा १२ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित