इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या

इलाम .। इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबारराति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन ।

घरायसी विवाद हुँदा २१ बर्षीय छोरा सन्देश दियालीले वाङफोक(खुकुरी) प्रहार गरी ३१ बर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको लोदिया प्रहरी चौकी दानावारीका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक कैलाशकुमार केसीले जानकारी दिनुभयो ।

घरायसी लेनदेनका विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुन सक्ने छिमेकीहरुले वताईएको छन । हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान भने बैदेशिक रोजगारीमा रहेको छन । हत्या गर्ने सन्देशलाई मध्यरातनै प्रहरीले नियन्त्रणमा लिईसकेको छ । हत्याको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यता माई नम्वर–२ रातेखाडीका २५ बर्षिय रमेश योगी आफ्नै कोठामा आईतवार मृत अवस्थामा फेला परेका छन । नजिकै बिधुतको बोर्ड समेत भत्किएको अवस्थामा उनी औच्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन । करेन्ट लागेर उनको ज्यान गएको हुन सक्ने वताईएको छ ।

गाडी चालक रहेका योगी शनिवार राति आएर कोठामा सुतेका थिए । श्रीमती माईत गएको र घरमा उनी र आफन्त एक ९ बर्षिय वालक मात्र रहेको अबस्थामा आईतवार योगी मृत भेटिएको वताएइएको छ ।

प्रतिक्रिया

सम्बन्धित