रास्वपा उम्मेदवार मिलन लिम्बूलाई आफ्नैले गनेनन् : काेर एरियामै ९६ मत

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूलाई आफ्नै वडाबाट समेत कम मत प्राप्त भएको छ । उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर–२ मा मतदान केन्द्र हो । यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ ।

मिलनको वडामा १,४०७ मत खसेको थियो । यहाँ एमालेले पहिलो नम्बरमा मत पाएको छ । एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पाएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१७ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित