इलाममा ३२ हजार मत गनिसक्दा एमालेका सुहाङ ४,६८३ मतले अगाडि

डम्बर र डकेन्द्रबीच कडा प्रतिष्पर्धा

इटहरी । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४,६८३ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार, एमालेका सुहाङले १३ हजार ६९ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ८,३८६ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ८ हजार ९८ मत पाएका छन् । डेकेन्द्रसिंह कांग्रेसका खड्काभन्दा २ सय ८८ मत मात्रै पछि छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ७१३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित