युक्रेनका सेना प्रमुख भन्छन्– हाम्रो अवस्था निकै खराब भएको छ

एजेन्सी । युक्रेनका सेना प्रमुख जनरल ओलेक्जेन्डर सिरिस्कीले आफ्नो सैन्य मोर्चाको अवस्था निकै खराब भएको स्वीकार गरेका छन्।उनले पूर्वी मोर्चामा युक्रेनी सेना पछि हट्नुपरेको बताएका छन्।युक्रेनले अमेरिकाबाट सैन्य सहयोग लिनुअघि नै रुसले स्थितिको फाइदा उठाउने प्रयास गरिरहेको छ।

‘मोर्चाको अवस्था अत्यन्तै खराब भएको छ’, सिरिस्कीले टेलिग्राममा पोस्टमा भनेका छन्, ‘युक्रेनी सेना पूर्वी डोनेट्स्क क्षेत्रमा पछि हट्नु परेको छ।’
रुसको रक्षा मन्त्रालयले आइतबार मात्र आफ्नो सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेटाइन नजिकैको बस्ती कब्जा गरेको दाबी गरेको छ। गत हप्ता युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव अमेरिकी संसद्‌ले पारित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित