सुहाङले बढाए मतान्तर : कांग्रेसका डम्बर १ हजारबढी मतले पछि परे , पछ्याउदै रास्वपा र स्वतन्त्र

इटहरी । प्रतिनिधि सभा उपनर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।

जारी मत गणनामा सुहाङले ३७८३ मत ल्याएका छन् भने उनलाई नेकपाली कांग्रेसका डम्बर खड्काले २७८२ मतसहित पछ्याइरहेका छन्।यस्तै, डिकेन्द्र थेगिम (स्वतन्त्र) ले ७८४ मत ल्याउँदा मिलन लिम्बु (रास्वपा) ले ५६१ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिका बडा नम्वर १,२,३,४,५ र ६ को गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित