इलाम मतगणना अपडेट : काँग्रेसका डम्बर ४५ मतले अगाडी , पछि गर्दै एमालेकाे सुहाङ

इटहरी । इलाम क्षेत्र नम्बर–२ को मतगणना जारी छ । जसअन्तर्गत अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीनवटा वडाको गणना सकिएको छ । वडा नम्बर १, २ र ३ नम्बर वडाको ४१८१ मत गणना हुँदा काँग्रेसका डम्बर खड्काले अग्रता कायमै राखेका छन् ।

खड्काले १६४३ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १,६०१ मतसहित पछ्याइरहेका छन् । यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् । उनले ४३७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ३०५ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित