इलाम अपडेट : दुई वडाको गणना सकियो, ८२ मतले कांग्रेसका खड्का अगाडि

वडा नम्बर २ मा सुहाङले लिए अग्रता

इलाम ।  इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। प्रारम्भिक मतपरिणाममा दुई वटा वडाकोगणना सकिएको छ। फाकफोकथुमको वडा नम्बर १ र २ को गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता कायम राखेका छन्। 

उनले वडा नम्बर १ मा ६५७ र वडा नम्बर २ मा ४८८ मत गरी ११४५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका सुहाङ नेम्बाङले उनलाई पछ्याइरहेका छन्। सुहाङले वडा नम्बर १ मा ५२९ र वडा नम्बर २ मा ५३४ मत गरी १०६३ मत प्राप्त गरे।

उनीहरुबीच ८२ मतको मतान्तर छ। त्यस्तै तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्। उनले वडा नम्बर १ मा १८७ र २ मा १२४ मत प्राप्त गरे।त्यस्त, रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा छन्। उनले वडा नम्बर १ मा ११५ र २ मा ९४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित