अभिभावकहरूसँग अक्सबृजकाे एक दिने अभिमुखीकरण

पठन संस्कृति लागु गर्न सबैलाई पुस्तक प्रदान

इटहरी । लोप हुँदै गएको पठन संस्कृतिको विकाश र फाइदाबारे जानकारीमूलक सन्देश सहित शनिवार अक्सबृज इन्टरनेश्नल मन्टेश्वाेरी स्कुलले अभिभावकहरूसँग एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ । सूचना प्रविधिको विकाश सँगै हात हातमा मोबाइल हुन थालेपछि पुस्तकहरू पढ्ने बानी हराएकाे भन्दै स्कुलमा अध्ययनरत बिद्यार्थीहरूकाे अभिभावकहरूसँग एक दिने अभिमुखीकरण सम्पन्न गरेको हो ।

कार्यक्रममा उपस्थित भएका अभिभावकहरूलाई पठन संस्कृतिको विकाश गराउन कार्यक्रम पश्चात् विभिन्न उपन्यास तथा सामान्य ज्ञानहरूको पुस्तक प्रदान गरिएकाे थियो । सिटिएफ नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा उपस्थित अभिभावकहरूले पनि प्रविधिको विकाशले पढेन बानी हराएको भन्दै अब बानी सुधार्नुपर्ने बताएका थिए । नयाँ व्यवस्थापन सहित सञ्चालन भएको अक्सवृज इन्टरनेश्नल मन्टेश्वरी स्कुलले शिक्षण पद्धति , सिकाइका प्रकार , बालमैत्री स्कुलको बारेमा अभिभावकहरूलाई जानकारी गराएको थियो ।

मोबाइलले बालबालिकाहरू क्षणिक रमाए पनि भविष्यमा मस्तिष्कमा नकारात्मक असर पार्न सक्ने जानकारी मूलक सन्देश सहित अभिभावकहरूलाई बच्चाहरूकाे हातमा मोबाइल भन्दा उनीहरूको मनोबल बढाउने खालका सामग्री राखिदिन अनुरोध गरेका थिए । कार्यक्रममा सिटिएप नेपालका अध्यक्ष बद्री दाहालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा १५० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो । नयाँ व्यवस्थापन सँगै नयाँ योजनाका साथ सञ्चालन भएको मन्टेश्वरीमा कक्षा सञ्चालनका विधि र अबको योजना सुनाउन अभिभावकहरूलाई भेला गरिएको मन्टेस्वरीका सञ्चालक  टिआर शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित