धरानमा खानेपानीकाे हाहाकार , स्थानीय भन्छन "हर्कमाथी विश्वास र भराेसा छ"

धरान । सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ । 

 धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ उहाँले आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो पाेखे । उनले भने, “पानी नआएको हप्ता दिन  भइसकेको छ । ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ । समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ ।” 

 पानीको अभावमा भोगिरहनुभएका विकास बनेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको बताए । उनले भने, “नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने अवस्था छ । धरानमा खानेपानीको समस्या समाधान कहिले हुन्छ होला पानीको अभावले धेरै दुःख पाइयो ।”

    धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर मन्दिर क्षेत्र आसपासका बासिन्दाले घण्टाँै समय लगाएर धाराबाट खानेपानी बोकेर ल्याएर खानुपरेको बताउँछन् । स्थानीय पवित्रा सुब्बाका अनुसार पानी लिन एक घण्टा खर्चनुपर्ने अवस्था छ ।उनले भनिन, “खत्री धाराबाट पानी ल्याउन त्यति सहज छैन पानी भर्नलाई लाइनमा बसेर निकै बेरपछि पालो आउँछ पानी पनि पर्याप्त छैन, धेरै समस्या छ ।”

पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्याङ्करको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले बताए । 

उनले भने, “वर्षेनी सुक्खा मौसममा भूमिगत पानीको सतह सुक्ने, खोलाखोल्सीको पानी जम्मा गर्न नसकेको हुनाले पानीको अभाव बर्षेनि हुने गरेको छ ।” अहिले धरान–८ मा रहेको भूमिगत पानीको पम्प बिग्रिएपछि पानीको समस्या थपिएको उहाँले सुनाए ।

विसं २०७८ को जनगणनाअनुसार धरानको जनसङ्ख्या एक लाख ६६ हजार पाँच सय ३१ छ । धरानमा हाल दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ । मागमध्ये आधा मात्रै पानी पनि उपलब्ध छैन ।   खानेपानी संस्थानले केही वर्ष अगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो । त्यसयता भने समस्या फेरि सुरु भएको छ ।

 धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचित भएपछि झण्डै ४२ किलोमिटको दुरीबाट पानी ल्याएका थिए ।तर दीर्घकालीनरुपमा भने समस्या समाधान हुन सकेको छैन ।     धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको धरान खानेपानी व्यवस्थापनबोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाइ छ ।

उनले खोलानाला सुकेर पानी ट्याङ्कीमा जम्मा हुन नसकेको कारण धरानका सबै ठाउँमा खानेपानीको अभाव भएको बताए ।  उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले धरानमा देखिएको खानेपानीको समस्याका लागि दीर्घकालीन उपाय खोजनुपर्ने बताउछन ।  

उनले भने, “धरानमा खानेपानी समस्या समाधानका लागि भइरहेका प्रयास पर्याप्त छैनन्, दीर्घकालीनरुपमा समस्या समाधान हुने गरी काम गर्नुपर्छ ।” उहाँले योजनाबद्धरुपमा काम नहुँदा सुक्खा मौसम सुरु भएसँगै पानीको अभाव सुरु हुने गरेको बताए । 
---

प्रतिक्रिया

सम्बन्धित