इलाम उपनिर्वाचन अपडेट : ६४ हजार मतदाताले गरे मतदान

इटहरी । इलाम क्षेत्र नम्बर २ मा करिब ५५ प्रतिशत मतदान भएको छ। अपरान्ह साढे चार बजेसम्मको रिपोर्ट अनुसार यहाँ करिब ६४ हजार मतदाताले मतदान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले   जानकारी दिए। उनका अनुसार अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको छ।

त्यस्तै, मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी दिए। भौगोलिक विकटताका कारण मतपेटिका पुग्न समय लाग्ने बताउँदै त्यसलाई हेरेर मात्रै मतगणनबारे निर्णय लिइने उनले बताए।यहाँ एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।इलाम(२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्। ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भएको थियो। शनिबार इलाम–२ सँगै बझाङ १ प्रदेशसभा १ (क)मा पनि उपनिर्वाचन भइरहेको छ। दुवै ठाउँमा मतदान कार्य जारी छ।

प्रतिक्रिया

सम्बन्धित