पाकिस्तान र इरानबाट चार दिनमा करिब छ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
अफगानिस्तान / छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगानी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ । शरणार्थीहरु पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।
अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।
प्रतिक्रिया