लाखाै राजस्व छल्दै इटहरीका फर्निचर व्यवसायी , छापा मार्न गएकाे राजस्वकाे टाेली रित्तै फर्कियाे

इटहरी । इटहरीमा रहेका अधिकांश फर्निचर व्यवसायीहरूले उपमहानगर र राजस्व कार्यालयलाई समेत गुम्राहामा राखी अवैध रूपमा कारोबार गर्ने गरेको पाइएको छ । उपभोक्ताहरूले खरिद गरेको महँगो फर्निचरका सामग्रीहरूमा बिल नदिने र दि हाले पनि सादा पेपरमा चिट काटेर दिइने गरेको प्रमाण नै भेटिएको छ र राजस्व अनुसन्धान कार्यालय इटहरीले बिहीबार एक फर्निचर व्यवसायीको पसलमा छापा मार्दा यस्तो तथ्य भेटिएको हो । 

इटहरीको ड्रिमल्याण्ड सोफा हाउसमा बिहीबार दिउसाे राजस्व अनुशन्धानको कार्यालय इटहरीले आकस्मिक छापा मारी केहि कागजात र लोड गरिएको सामग्री सहित गाडी नियन्त्रणमा लिएको छ । इटहरी धरानलाइन नेपाली सेनाको ब्यारेक अगाडी सञ्चालित डिमल्याण्ड सोफा हाउसले राजस्व छली गरी कारोबार गरेको गोप्य सुचना पाए लगत्तै टोलीले छापा हानेको थियो ।

उक्त फर्निचर बिना अनुमती सञ्चालन भएको अनुगमनको क्रममा भेटिएको छ भने बिल बिजक समेत नराखि सामानहरू बिक्री बितरण गरेको पाइएको छ । उपभोक्तालाइ बिलै नदिइ फर्निचरका बहुमुल्य सामग्रीहरू बिक्री बितरण गरेको गोप्य सुचना पाएपछि राजस्व अनुशन्धानबाट अधिकृतस्तरको टोली खटाएर छापा मारेको राजस्व अनुशन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले बताए ।  

टोली पुग्दा एउटा गाडी सामान लिएर फुत्किसकेको अवस्थामा इटहरीको खनार स्थित ढाटमा भेटिएको र तत्काल गाडी र सामग्री पनि नियन्त्रणमा लिइएको राजस्व प्रमुख ओझाले बताए । इटहरीबाट बिराटनगर तर्फ लादै गरेको रू ५० हजार मुल्य बराबरको सोफा सेट सहित बा २१ च ४२६७ नंको सवारीलाइ चेकजाच गरी नियन्त्रणमा लिएको प्रमुख ओझाले बताए ।  

सामान कसको नाममा पठाएको र कहाबाट पठाएको कुनै बिवरण खुल्ने कागजात नभेटिएपछि तत्काल गाडी सहित सामग्री नियन्त्रणमा लिइएको हो । उपभोक्ता लगायत बाहिर सामानहरू पठाउदा बिना बिल पठाउने गरेको गोप्य सुचनाको आधारमा छापा मार्न पुगेको टोली कुनै कबागजात फेला नपरेपछि  रित्तै फर्किएको थियो । पुन टोलिले लोड भएको सामान बिराटनगरतर्फ गएको जानकारी पाए लगत्तै इटहरीबाट पिछा गर्दै खनारमा पक्राउ गरेको थियो ।  

राजस्व टोलीले ड्रिम ल्याण्ड सोफा हाउसका सञ्चालक सन्तोष न्यौपानेलाइ पनि नयन्त्रणमा लिएको छ । सामान लोड गरेर बिराटनगर तर्फ जादै गर्दा उनलाइ सोहि गाडी सहित खनारबाट नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान गरिरहेको राजस्व प्रमुख ओझाले बताए । यता राजस्वको नियन्त्रणमा रहेका सोफा होउसका सञ्चालक सन्तोष न्यौपानेले भने इटहरीमा नयाँ वर्ष २०८१ को अवसर पारेर बैशाख २ गतेबाट व्यवसाय सुचारू गरेको बताए ।

ड्रिमल्याण्ड फर्निचर इटहरीमा शाखा रहेको तर यसको प्रमुख कार्यालय काठमाण्डौ नेपालटारमा रहेकोले आवस्यकिय कागजात आउन ढिलाइ भइरहेको बताए । उनले बिना बिल फर्निचरका सामानहरू बिक्री गरेको पनि स्विकारे ।उनले इटहरी उपमहानगरबाहेक अन्य कुनै निकायमा व्यवसाय दर्ता नगरेको राजश्व अनुशन्धानको कार्यालय इटहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित