परमेश्वरकाे मण्डलीद्वारा इटहरीमा वृहत रक्तदान : १६७ प्रिन्ट रगत संकलन

इटहरी । सुनसरीको इटहरीमा परमेस्वोरको मण्डलीद्वारा आपतकालिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोशी प्रदेशका अस्पतालहरूमा रगत अभाव भएको गुनासोलाइ मध्यनजर गर्दै मन्डलीले बिहीबार रक्तदान गरेको हो ।

रक्तदानबाट १६७ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार सुनुवारले स्वास्थ्य क्षेत्रमा कोशी सरकारले उल्लेखनीय काम गरिरहेको बताए । उनले एक साता अघि मात्रै बिभिन्न अस्पतालहरू पुगेर हेर्दा रगत अभाव देखेकै बेला यसरी रक्तदान गरिनुले अस्पतालमा रहेका बिरामीहरूलाइ ठुलो टेवा पुगिरहेको उल्लेख गरे।

आजको दिन निस्तार चाडको प्रेम,  अन्तरगत १,३६१ औ विश्वव्यापी रक्तदान अभियान अन्तरगत इटहरीमा पनि रक्तदान आयोजना गरिएको परमेस्वोरको मण्डली अन्तरगत कोशी प्रदेश प्रतिनिधी सुमन तामाङले बताए । उक्त कार्यक्रममा मण्डली भित्रैका ३ सय भन्दा बढी सदस्यहरूले स्वत फुर्त रगत प्रदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी सुनसरीले सहजिकरण गरेको थियो भने रक्तदानमा सहभागीहरूलाइ प्रमाणपत्र बितरण गरिएको थियो । 

विश्वव्यापी रक्तदान अभियान अन्तरगत मण्डलीले झापाको दमकमा बुधबार रक्तदान गरी १६५ प्रिन्ट रगत संकलन गरेको थियो । निस्तार चाडको प्रेम, जिवन बचाउने उद्येश्य सहित १,३६१ औ विश्वव्यापी रक्तदान कार्यक्रम अन्तरगत इटहरीमा पनि रक्तदान आयोजना गरिएको मण्डलीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित