तरहराकाे प्याराडाईज स्कुलले गर्याे भुकम्प सचेतना कार्यक्रम (तस्विरहरू सहित)

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा स्थित प्याराडाईज इङ्ग्लिस बाेर्डिङ स्कुलले बुधबार भुकप्पबारे सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।   २०७२ बैशाख १२ गते देशभर गएकाे बिनास कारी भुकमपकाे स्मरण गर्दै त्यसबाट हुने क्षती र सुरकक्षित रहने उपायहरू सहित स्कुलले एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेकाे हाे । 

स्कुलले भुकम्प आउँदा कसरी बच्ने र सुरक्षीत स्थान तर्फ लाग्ने भनेर भुकम्पीय अभ्यास ( Earthquake Mock Drill ) गराईएको थियो। ठीक ११:५६ मा भुकम्पको साईरन बजेसङ्गै बालबालिकाहरू आफ्नो टाउको छोपेर खुला स्थान तर्फ दौडिएका थिए।

साथै २०७२/०१/१२ को भुकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा मैनवत्ती प्रज्वलन गरि मृत आत्माको चीरशान्तीको कामना गर्दै मौनधारण समेत गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण नेपालले " नेपाल भुकम्पीय जोखिम क्षेत्र भएको र जतिबेला पनि यो आउन सक्ने सम्भावना भएकाले बालबालिका लाई भुकम्पीय अभ्यासका साथ तयारी अवस्थामा राखिएको" बताए।

प्रतिक्रिया

सम्बन्धित